काठमाडौँ – नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य सामान्यले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको छ । यस अघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो । आज ५ सय रूपैयाँले मूल्य बढेको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ । यस अघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोवार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।