काठमाडौँ– सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन्।
‘यात्राको समय लागत , दूरी र दुर्घटना कम गर्न पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिने छ।
यस राजमार्गलाई सुरुङ भायड प्रविधिसहितको डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने छ ,’उनले भने,‘यसका लागि ३ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।