काठमाडौँ – सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
‘काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गरिने छ’, मन्त्री पौडेलको भनाइ छ।
आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने पनि सरकारले जनाएको छ। सरकारले त्यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।