काठमाडौँ – आज गणतन्त्र दिवस, दिवसका अवसरमा नेकपा एमालेले भृकुटीमण्डप क्षेत्रमा भव्य कार्यक्रम गर्दैछ भने सोहि क्षेत्र नजिकै राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्दैछन् ।
कार्यक्रम फरक फरक समयमा हुने भनिएपनि कार्यक्रमलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ अनुसार भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा गर्ने तयारी छ जसको लागि २ बजे पछिको समय तोकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।