काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।