काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो ।
जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । यस अघि आईतबार सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । आईतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।