काठमाडौं –नेपाली बजारमा आईतबार (आज) सुनको मूल्य तोलामा सामान्य अंकले घटेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र खरिदबिक्री भइरहेको थियो ।
यता चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । चाँदी एक तोलाको रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।