काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यस अघि बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६ सय कायम थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।