• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

मुख्य कारोबारी जोगाउन चलखेल, ३४ करोड धरौटी बुझाउन नसक्दा अभियुक्त थुनामै

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  १९:०७
1140x725

वीरगञ्ज- हरिओम ट्रेडिङका सञ्चालक कुलप्रसाद राजभण्डारीसँगै फार्म दर्ता गराउने प्रकाश घिमिरे गत भदौ २० मा पक्राउ परे। उनीहरुकै सूचनाका आधारमा सिआइबीले सल्लाहकार विनोद गुप्तालाई काठमाडौंको कुलेश्वरबाट नियन्त्रणमा लियो। भारतीय नागरिक उनी काठमाडौंमा बसेर ट्रान्सपोर्ट व्यवसाय सञ्चालन गर्थे। उनीपछि राजकुमार राजभण्डारी पनि प्रहरीको फन्दामा परे।

अन्तशुल्कका नक्कली स्टीकर कारोबारमा यसअघि संलग्न समेत पाँच जना धरौटी बुझाउन नसक्दा अहिले थुनामै बसिरहेका छन्। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले उनीहरुबाट जनही ६ करोड ७८ लाख रुपैयाँका दरले झन्डै ३४ करोड जरिवाना माग गरेको छ।  

हिमालयन ट्रान्सपोर्ट मार्फत भारतबाट आयात गरेको वस्तु वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने क्रममा ८६ हजार ४ सय ७० थान अन्तशुल्क स्टिकर भदौ १८ गते बरामद भएको थियो। अन्तशुल्क स्टिकर व्यापारीले हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडको नाममा गैरकानुनी तरिकाले भित्र्याएको बुझेपछि प्रहरीले संलग्नलाई पक्राउ गरेको हो।

भन्सार स्रोतका अनुसार भारतीय नागरिकद्वारा सञ्चालित हिमालयन ट्रान्सपोर्ट यसअघि पनि अवैध सामान बोकेर ल्याउँदा पटकपटक दण्डित भइसकेको छ। बरामद स्टिकर महँगा मदिरामा प्रयोग गर्ने गरिन्छ। 

समातिएका सबैलाई आन्तरिक राजस्व कार्यालयको आग्रहमा सिआइबीले वीरगञ्ज पठाएको थियो। सिआइबीलाई यस प्रकरणबाट अगल पारेपछि नक्कली स्टीकरका मुख्य कारोबारीलाई बचाउने खेल भएको मदिरा उद्योगीले आशंका गरेका छन्। 

बरामद स्टिकर जनकपुरको एउटा डिस्टिलरीले मगाएको स्रोतले जनाएको छ। यसअघि पनि त्यो उद्योगले पटकपटक नक्कली स्टिकरमा कारबाही भोगिसकेको छ। ‘सिआइबीले पक्राउ गरी पठाएका अभियुक्तमाथि मुद्दा चलाउनु बाहेक कर कार्यालयले थप अनुसन्धान गरेको छैन,’ एक मदिरा उद्योगी भन्छन्, ‘नक्कली स्टिकर प्रयोग गर्ने उद्योगलाई बचाउने उद्देश्यले सिआइबीलाई अभियुक्त पक्रनमै सीमित राखियो।’ 

नक्कली स्टिकर र त्यसलाई मगाउने फर्मका सञ्चालक र ढुवानीकर्ता पक्राउ परेको एक महिनाभन्दा बढी बितिसक्दा पनि कुन उद्योग वा कसले कहाँ लान मगाएको बारे कर कार्यालयलाई कुनै जानकारी छैन। 

आन्तरिक कर कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत तारा भुसाल मुद्दा टुंग्याउन अझै समय लाग्ने बताउँछन्। ‘नक्कली स्टिकर कसले मगाएको भन्नेबारे केही खुलेको छैन,’ उनले भने, ‘प्रारम्भिक रुपमा अनुसन्धान भइरहेको छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ परेका विनोद गुप्ता सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए। उनी छुटेलगत्तै सरकारी लिखत कीर्ते अभियोगमा पुनः पक्राउ परे। 
कर कार्यालयका अनुसार असोज १७ गते थुनछेक आदेश जारी गरी धरौटी माग गरिएको हो। 

कार्टुन खसेपछि छताछुल्ल स्टिकर
अवैध रुपले भारतबाट ल्याउँदै गरेको अवस्थामा भन्सारले ०६८ चैत २२ गते मेन गेटबाट अन्तशुल्क स्टिकर बरामद भएको थियो। वीरगञ्ज छपकैयाका मेघराज कुशवाहले बोकेको कार्टुनसहित भुइँमा खस्न पुग्दा अन्तशुल्क स्टिकर सडकमा छताछुल्ल भएको थियो। बयान अनुसार एक कार्टुन ओसारेबापत उनले दुई सय रुपैयाँ पाउँथे। 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार उक्त ट्रान्सपोर्टले आयात गरेको सामान चेकजाँचका क्रममा २५ युपी शक्तिको १ सय ८० एमएल मदिरा बोतलमा टाँसिने ६७ हजार ३ सय ७० थान र ७ सय ५० एमएल बोतलको २५ युपी शक्तिको १९ हजार १ सय १० थान अन्तशुल्क स्टिकर फेला परेको थियो। 

रक्सीमा प्रयोग गरिएको भए यसबाट एक करोड ९७ लाख रुपैयाँ अन्तशुल्क सरकारलाई घाटा हुन्थ्यो। सो रकमको १३ प्रतिशत भ्याट पनि सरकारले गुमाउँथ्यो। नक्कली स्टिकर छाप्नु भनेको नक्कली पैसा छाप्नुसरह नै हो। ट्रान्सपोर्टका प्रतिनिधि वीरेन्द्र महतो सहित बरामद स्टीकर थप अनुसन्धानका लागि भन्सारले आन्तरिक राजस्व कार्यालय वीरगञ्ज बुझाएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानपुर र दिल्लीमा छपाइ
नक्कली स्टिकरको अवैध कारोबार गर्नेले भारतको कानपुर र दिल्लीबाट स्टिकर छपाउने गरेका छन्। 

हाल इन्डोनेशियाबाट आउने अन्तशुल्क स्टिकर यसअघि भारतमा छपाएर नेपाल आउँथ्यो। स्रोतका अनुसार केही कारोबारीले अहिले पनि त्यही पुरानो भारतीय कम्पनीबाट अन्तशुल्क स्टिकर छपाउन लगाएर नेपाल भित्र्याउने गरेका छन्। उद्योगले मदिरा उत्पादन गरेपछि कर कार्यालयबाट खटिएका कर्मचारीले उद्योगमै अन्तशुल्क स्टिकर उपलब्ध गराउँछन्।

फितलो अनुगमनका कारण नक्कली स्टिकरको कारोबार भइरहेको व्यापारीहरुको भनाइ छ।

कर कार्यालयबाट अन्तशुल्क स्टिकर लगाउने कर्मचारी हाकिमको तजबीजमा वा ठूलै भनसुन गराएर उद्योगमा गएका हुन्छन्। नक्कली र सक्कली स्टिकरबीच धेरै भिन्नता नभएकाले बजारमा गइसकेपछि उपभोक्तालाई छुट्याउन मुस्किल पर्छ। 

मदिरा र बियरको प्रत्येक बोतलमा तथा चुरोटको बट्टामा प्रयोग हुने अन्तशुल्क स्टिकर गोपनीयता कायम गर्नुपर्ने भएकाले छपाइका लागि विदेश लैजाने गरिएको हो।

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्