काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यता चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।