काठमाडौँ – आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।