काठमाडौं– कतार नेपालको चिया र कफीमा लगानी गर्न इच्छुक देखिएको छ।
_x000D_
_x000D_
नेपालका लागि कतारका राजदुत युसुफ विन अल हेलले नेपालको चिया र कफीमा लगानी गर्ने चाहना व्यक्त गरेका हुन्।
_x000D_
_x000D_
बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको चिया र कफी विश्व बजारमा उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसमा लगानीका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। राजदुत हेलले नेपालको कृषि क्षेत्रमा मिलेर काम गर्न कतार सरकार तत्पर रहेको पनि स्पष्ट पारे। उनले नेपालको कृषिजन्य वस्तुको निर्यातलाई सहज बनाउने धारणा पनि राखे।
_x000D_
_x000D_
यता, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको कृषिजन्य वस्तुको प्रवद्र्धन गर्न राजदुत हेलसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।