बुटवल– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।
राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएकाे हाे । घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।