काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति वैठक अहिले पार्टी कार्यालय घण्टीघर बसिरहेको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा वैठक बसेको हो।
सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपाभित्र सरगर्मी बढेको छ।
आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ। बैठक सुरु भएको केही बेरपछि सुमनाले इन्ट्री गरेको स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।