फाइल तस्विर काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए।
जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।