काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, आसन्न युथ समिटलगायत एजेन्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।