काठमाडौं–जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ।
महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो।
साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो। पार्टीले छ महिनाका लागि निलम्बिन गरेको साहले बताए।
पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतविरुद्धमा गतिविधि गरेको लगायत आरोप उनीमाथि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।