काठमाडौं – समाजवादी मोर्चाले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनका क्रममा भएको क्षतिकाे असुल साेही समूहबाटै असुल गराउनुपर्ने निर्णय गरेको छ ।
सोमबार (आज) बिहान बसेको समाजवादी मोर्चाको बैठकले चैत १५ गतेको घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् । बैठकले क्रान्तिबाट स्थापित भएको गणतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधरबिच बृहत् अन्तर्क्रिया गर्ने समेत निर्णय गरेको छ ।
तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । भने आन्दोलनकारीहरूले तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखाना, दुई दर्जन बढि नीजि तथा सरकारी सवारी साधन, सडकमा रहेका संरचनामा तोडफोड र आगजनी गरेका थिए ।
सोहि प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी गरेका थिए । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा उनीहरूले लुटपाटसमेत भएको थियो ।
आन्दोलनको जनकमाण्डर भनेर तोकिएका दुर्गा प्रसाईंले अहिले फरार छन् । भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उपाध्यक्ष एवं प्रतिनिधिसभा सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा प्रक्रिया अघि बढेको छ ।
यस अघि काठमाडौँ महानगरपालिकाले पनि प्रदर्शनको क्रममा फोहोर गरेको तथा सडकमा रहेका संरचनाहरु भत्काएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा झण्डै ८ लाख रुपैयाँको जरिवाना तोकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।