काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।
“रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।