काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो।
यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो। तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।