काठमाडौं –राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।
अदालतले मिश्र र शमशेरसहित ११ जनालाई अनुसन्धानका म्याद थप गरेको हो।
उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
उनीहरुलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।