काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।
भर्खरै उनीहरूलाई अदालतभित्र लगिएको हो। उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यसपछि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिए।
उनका अनुसार ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरु बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ।
गत शुक्रबार राति पक्राउ परेका उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।