काठमाडौँ–प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन्।
यस्तै सत्ता पक्षका सांसद संसद पनि जारी कारबाही अघि बढाउनुपर्ने भन्दै उठेका छन्।
सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो। यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।