फाइल तस्विर काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ।
समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ।
राजावादीको आान्दोलनपछिपार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।