काठमाडौं– मूलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन्।
_x000D_
_x000D_
‘नेपाल भ्रमण वर्ष २०२०’ का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले आज राजधानीमा आयोजना गरेको छलफलमा उनले सन् २०२० भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने जानकारी दिए।
_x000D_
_x000D_
मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटन भित्र्याउन चीन र भारततर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै एक दशकसम्म त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
नेपालको दिगो विकासको आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रसँगको सहकार्यमा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो। उनले परिणाम देखिने गरी काम गर्न सम्बद्ध सबैलाई आग्रहसमेत गरे।
_x000D_
_x000D_
महासङ्घका पदाधिकारी तथा पर्यटन व्यवसायीले पर्यटकको संख्या बढाउन हवाईजहाज किनेर विमान चालकको खोजी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा गम्भीर भएर लाग्नुपर्ने, नेपाललाई खरिदबिक्रिको गन्तव्यका रुपमा विकास गर्नैपर्ने, खरिदकर्ता पर्यटकलाई करछुटजस्ता आकर्षक सुविधा दिनुपर्ने सुझाव दिएका थिए।
_x000D_
_x000D_
गत वर्ष ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस वर्ष १२ लाख पर्यटक आउने अनुमान गरिएको छ। पोहोर चीनबाट १ लाख ४ हजार ६ सय ६४ जना र भारतबाट १ लाख ६० हजार ८ सय ३२ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।