काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे आज अनुगमन गर्ने बताएको छ।
क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी गरेको हो।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए। हिजो साँझपख कर्फ्यु जारी भएकाले अनुगमन गर्न नपाएको उनले बताएका छन्।
उनले भने,‘ कहाँकति क्षति भएको छ हेछौं । हिजो कफ्युले गर्दा अनुगमन गर्न पाएनौं। सडक, बोटविरुवा सार्वजनिक सम्पतिमा कति क्षति भएको छ त्यही अनुसारको जरिवाना हुन्छ।’
त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए। गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।