काठमाडौं– सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको पनि सरकारले उपचार गर्ने निर्ण गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
यस्तै स्थिति तनावपूर्ण भएपछि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यू शनिबार बिहान ७ बजेसम्मका लागि थपिएको छ । प्रदर्शनकारीहरु उग्र बनेपछि सरकारले नियन्त्रणमा लिनका लागि नेपाली सेना परिचालन गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।