काठमाडौं– तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।
यसअघि स्थिति तनावपूर्ण बनेपछि प्रशासनले पाँच क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको थियो ।
तर त्यसपछि पनि प्रदर्शनकारीहरु रोकिएनन् । विभिन्न दलका पार्टी कार्यालय र व्यक्तिगत घरमासमेत आगजनी र तोडफोड गरेका छन् ।
यस्तै कोटेश्वरमा रहेको जडीबुटी कम्पनीमा पनि आगो लगाइएको छ । कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगामुडा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।