काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनहरु कुनै नेताको नियन्त्रणमा नहुने भन्दै यो सुरुवात मात्र भएको चेतावनी दिएका छन् ।
उनले आजको आन्दोलनमा भएको क्षतिमा प्रश्न गर्नेहरुले अघिल्ला आन्दोलनहरु कति शान्तिपूर्ण थिए भन्दै प्रतिप्रश्नसमेत गरेका छन् ।
प्रश्न गर्दै भने, ‘व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र? अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?’
यस्तै क्षति रोक्नका लागि पहिल्यै नवीन समझदारीमा जान गरिएको आग्रहलाई स्मरणसमेत गरेका छन् । उनले अघि भने, ‘त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौं। अहिले जे भयो, त्यसले सद्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।