काठमाडौँ – गणतन्त्रको पक्षमा काठमाडौँमा आज चार दलिय समाजवादी मोर्चाले विशाल जनसभा गदैछ । जसको लागि काठमाडौँको प्रदर्शनी मार्ग स्थित मुख्य सडकमा मञ्च निर्माण गरिएको छ ।
मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरेको हो । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।
जनसभालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादलेले सम्बोधन गर्ने समाजवादी मोर्चाले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।