काठमाडौँ – राजतन्त्रपक्षधरहरु सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौँमा प्रदर्शन गर्दैछन् । मोर्चामा संलग्न रहेका ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् । अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछन् ।
यता राजतन्त्रपक्षधरहरुले तिनकुनेमा सभा गर्दै छन् । यसरी दुई विशास सभा एकैदिन हुने भएपछि काठमाडौँको सुरक्षा व्यवस्थालाई एकदमै कडा पारिएको छ । आज बिहानै देखि झण्डै ४ हजार भन्दा बढि प्रहरी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।