काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चैत्र १५ गते शुक्रवार काठमाडौँमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ।
बिहीबार महानगर प्रहरी बलले एक विज्ञप्ति जारी गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो।
विज्ञप्तिमा काठमाडौँको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।