काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि काठमाडौँमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने बताएका हुन्।
वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ।
यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।