काठमाडौँ – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका छन्।
बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका हुन्।
सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृत्तिले निरंशुकतन्त्र देखिएको उनले बताए।
शाहीले देश र जनताको विषयवस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गरे।
उनले सरकार संसद्प्रति उत्तरदायी हुने भएकाले सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।