काठमाडौं – नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ।
भोलि काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। काठमाडौं प्रशासनका अनुसार राजावादीहरूको प्रदर्शन तिनकुने र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ।
आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे।
उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन्।’ समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे।
सोही प्रदर्शनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, आमहडताल, ध्वंसात्मक हिंसा प्रतिहिंसा र गृहकलह धान्न वा सहन नसक्ने यथार्थ सम्झाएका छन्।
चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ। १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।