बुधबार सदन अवरोध गर्दै विपक्षी दलका सांसद । काठमाडौं– बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरू नहुँदै स्थगित गरिएको हो।
यता सरकारपक्ष भने एउटा कर्मचारीको विषयमा जवाफ दिन जरुरी नभएको बताउँदै आएको छ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।