टोकियो- आठ बुँदे घोषणा पत्र जारी गर्दै अन्तराष्ट्रिय हाइकु महाेत्सव सम्पन्न भएको छ। जापानी र नेपाली हाइकु कविहरु उपस्थित भएको कार्यक्रमले नेपाल र जापानको सम्बन्ध जनस्तरमा पुर्याउन सेतुको काम गर्ने विश्वास गरिएको छ।
_x000D_
_x000D_
कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी,सायोमी कामाकुरा,हिदेकी आइसिकुरालगायत तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजु उपास्थिति थियो। भविष्यमै नेपालमा अन्तराष्ट्रिय हाइकू महोत्सव गर्न नेपाली हाइकूलाई प्रवर्धन गर्न जापानका चर्चित कृतिहरुको अनुवाद गर्ने, हाइकू अभिमुखीकरण तालिम संचालन गर्ने, हाइकू केन्द्रको बेलायत र जापानमा शाखा विस्तार गर्ने निर्णय गरिएको छ।
_x000D_
_x000D_
कार्यक्रमा बोल्दै वर्ल्ड हाइकू एशोसिएसनका अध्यक्ष बान्या नाचुइसीले जापानमा सुरु भएको हाइकू नेपालमा विकसित भएको सुन्न पाउँदा आफू खुसी भएको बताए।
_x000D_
_x000D_
कार्यक्रममा नेपाली नेपाली हाइकु केन्द्रका अध्यक्ष प्रा रामकुमार पाँडेले हाइकुमा शंकर लामिछानेको योगदान सम्झँदै अभि सुवेदी, क्षेत्रप्रताप अधिकारीको समेत याेगदान रहेकाे चर्चा गरे। नेपालबाट अश्विनी कोइराला, शिरोमणि दवाडी, विजयराज आचार्य, किरण पौडेलको सहभागिता रहेको थियो भने बेलायतबाट हाइकु कवि एवम नियात्राकार कृष्ण बजगाईंको उपस्थित थिए। कार्यक्रममा विभिन्न कविका हाइकु संग्रह विमाेचन गरिएको थियो।
_x000D_
_x000D_
कार्यक्रममा गैर-आवासीय नेपाली संघका अध्यक्ष्य भवन भट्टले नेपाली हाइकु विकासमा आफूले सक्दो सहयोग गर्ने बताए। जापानस्थित नेपाली दूतावाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपाल जापान सम्बन्धमा साहित्यले सेतुको भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।