काठमाडौं – बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको नारा तय गरेको छ।
नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ।
मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ।
नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाले जनाएको छ।
उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए। उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।