काठमाडौँ – सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी फसेकाहरूका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ।
आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकप्टर पठाएको मन्त्री लेखकको सचिवालयले जनाएको छ।
इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो।
उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पाँचको प्लाजाभित्रबाट सकुशल उद्धार गरिएको बताए।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन्। सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।