काठमाडौं –सत्ताधारी दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको हो।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बैठक राखेका हुन्।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवादेखि सत्ता गठबन्धनमा रहेका सबै दलका शीर्ष नेता सहभागी छन्।
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि चर्को आलोचना भइरहेको छ। यो विषयमा सत्तारुढ दल र नेता नै विभाजित छन्।
विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाइएको विरोधमा सदन पनि अवरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।