काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ।
आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताएका हुन्।
उनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ।
‘आजबाट राप्रपा पूर्ण रुपमा आन्दोलनमा होमियो,’ लिङ्देनले भने।
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ।
‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुपर्यो त्यसमा समर्थन गर्ने,’ लिङ्देनले भने।
त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ।
‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।