काठमाडौं–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि अब कार्यान्वयनमा जाने भएको छ।
बर्खास्तिमा परेका घिसिङ भने पत्र पाउनासाथ कानूनी उपचारका लागि अदालत जाने तयारीमा रहेका छन्।
सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसकै केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा समेत असन्तुष्टि देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।