काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ।
पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई ‘कुशासनको दृष्टान्त’ को रुपमा व्याख्या गरेका हुन्।
माओवादीले विचौलिया र दलालहरूको स्वार्थमा परेर सरकारले कुलमानलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ।
माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ।
कुलमानलाई हटाउने सरकारको निर्णयलाई माओवादीले ‘कुशासनको पछिल्लो दृष्टान्त’ को संज्ञा दिएको छ। ‘अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’– विज्ञप्तिमा भनिएको छ।
ुसाथै, सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै माओवादीमाथि प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ,’– विज्ञप्तिमा भनिएको छ।
कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि माओवादीले आरोप लगाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।