पोखरा – पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए । स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ मत प्राप्त गरिन् ।
अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए ।
स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए । अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए ।
कोषाध्यक्षमा एमाले अनेरास्ववियुका सन्दिका गुरूङ १३०४ मत ल्याएका निर्वाचित भएका छन् । उनकी प्रतिस्पर्धी नेविसंघकी अभिषा यादवले ६४७ मत प्राप्त गरेकी छन् ।आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए । देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन् । तर मतदानमा भने एकदमै थोरै विद्यार्थीहरु सहभागि थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।