काठमाडौं – संघीय संसद्अन्तर्गत आज विभिन्न तीन वटा समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै ३ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बीपी र अरनिको राजमार्ग लगायत राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।