काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो।
बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो। सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।