पोखरा- पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर नउठाउन उच्च अदालत पोखराले मंगलबार अन्तरिम आदेश जारी गरेको छ।
_x000D_
_x000D_
एकीकृत सम्पत्ति कर खारेजीको माग गर्दै ज्ञानबहादुर कोइरालाले दायर गरेको निवेदनमा अदालतले मुद्दाको किनारा नलागेसम्म रोक लगाउने आदेश गरेको हो। उच्च अदालतका मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले महानगरलाई एकीकृत कर नउठाउन आदेश गरेको हो। उच्च अदालतको यो आदेशपछि महानगरले उक्त कर उठाउन पाउने छैन।
_x000D_
_x000D_
महानगरले एकीकृत सम्पत्ति कर उठाउन नपाउने भएपछि महानगरबासीले अब सम्पत्ति कर मात्रै तिरे पुग्ने भएको छ। एकीकृत करको नाममा महानगरबासीले बढी कर उठाउन थालेको भन्दै उच्च अदालतमा मुद्दा दायर भएको थियो।
_x000D_
_x000D_
उच्च अदालतले उक्त मुद्दामा फैसला गरेर रिट खारेज गरेमात्र महानगरले कर उठाउन पाउने छ। नत्र उसको निर्णय कानुन विपरीत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।