काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन्।
शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा पछिल्लो गतिविधिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ।
संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास र पूर्वराजाको गतिविधि बढेपछि आजै प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।
उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।
शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर भेटमा पछिल्लो समय पूूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा भइरहेका राजावादी गतिविधिहरुको बारेमा समेत समीक्षा भएको शीतल निवास स्रोतले जनाएको छ।
प्रचण्डले राष्टपतिसँग सरकारका कामको आलोचना गर्दै कांग्रेस नेतृत्वले एमालेसँग गरेको सत्ता सहकार्यले विगतमा गरिएको गठबन्धनमाथि धोका भएको गुनासो गरेका छन्।
भेटमा संक्रमणकालीन न्याय निरुपणका विषयमा समेत छलफल भएको र यसैबारेमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट हुन लागेको जानकारी प्रचण्डले राष्ट्रपतिलाई गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।