काठमाडौं–डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ।
प्रवक्ता डा. शरदसिंह यादवका अनुसार शुक्रबार बस्नेगरी बैठक बोलाइएको हो।
बैठक पार्टी कार्यालय छेउमा रहेको सनराईज क्याफेमा बिहान ९ बजेदेखि सुरु हुने उनले बताए।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, नाउपासँग गर्न लागेको एकतालगायतको बिषयमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।