काठमाडौँ–नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं ३५१ मतका साथ निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन्। थापाले ८८ मत पाए। यस्तै अध्यक्षकी अर्का उम्मेदवार कल्पना खड्काले मात्र १३ मत पाइन्।
अध्यक्षमा निर्वाचित चम्लागाईं महामन्त्री गगन थापा निकट हुन्।
संघको उपाध्यक्ष (महिला)मा अनिता घिमिरे गैरे, उपाध्यक्ष (खुला)मा उदयबहादुर लिम्बु, महामन्त्रीमा किरण कुमार पासवान र गणेश बहादुर खत्री निर्वाचित भए।
यसैगरी महिलातर्फ ३ जना, खुलातर्फ ७ जनासहित केन्द्रीय सदस्य पदमा विभिन्न व्यक्तिहरू निर्वाचित भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी दिए।
विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। ३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ।
महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो।
२०६३ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रथम महाधिवेशन १८ वर्षपछि गरेको हो।
निर्वाचितहरुको सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।